टोकियो – जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।
सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ । उनका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानूनअनुसार गलत हुने दाबी गर्दै फैसलाविरुद्ध निवेदन दिएका छन् ।
क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रवार उनको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो । कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित (जी–७) मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।सन्
२०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए । आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् । फैसलामा न्यायाधीशले भनेका छन्, ‘मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।’
आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए । घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।