Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो । मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ। बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत् तामाङको शव भेटिएको जानकारी गराएको र उनको पहिचानका लागि सघाउन आग्रह गरेको जानकारी उपनियोग प्रमुख रोशन खनालले दिएको समाचार नेपाली लिंकले प्रकाशित गरेको छ।

२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी उपलब्ध नभएको उनले बताइन् । आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाएको छ । उनको मृत्‍युको कारणबारे पनि केही खुलेको छैन । तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको हो।

मृतक सन्दीप तामाङलाई चिन्ने वा उनीसम्बन्धि कुनै जानकारी हुनेहरुलाई लन्डन हेज् प्रहरी वा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ। मृतकको विषयमाअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसै बिच गैरआवासीय नेपाली संघ एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहा मगरले पनि मृतकको आफन्तलाई सम्पर्कमा आउन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया