समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णीम वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । रास्वपाका सभापति रवि लामिछाने दुईदिने भारत भ्रमणमा जान लागेकाले रास्वपाले उनको अनुपस्थितिमा पार्टीका कामकारबाही गर्न उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
रास्वपाका अर्का उपसभापति डिपी अर्याल वरीयतामा वाग्लेभन्दा माथि छन् । तर अर्याल पनि लामिछानेसँगै विदेश भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो । सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने बताइएको छ ।