Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नयाँबानेश्वर चोकस्थित सडकमा गुडिरहेको बस भासिएको छ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडकमा गाडी गुडिरहको अवश्थामा भासिएको हो । सडक भासिँदा गुड्दै गरेको पनि बस फसेको छ । रत्नपार्कतर्फ जाँदै गरेको बस गुडीरहेको बेला भासिएको हो । बा ३ ख ३७६२ नम्बरको बस सर्भिस लेनतर्फको सडकमा भासिएको हो । बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

 

तपाईको प्रतिक्रिया