आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – सन् २०१९ मा क्योटो एनिमेसन स्टुडियोमा भएको आगजनीमा दोषी ठहर एक जापानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उक्त आगजनीमा ३६ जनाको ज्यान गएको थियो भने र दर्जनौं घाइते भएका थिए ।

४५ वर्षीय शिन्जी आओबाले आक्रमणमा आफू दोषी रहेको स्वीकारका थिए । तर तर उनका वकिलहरूले उनको मानसिक असक्षमता रहेको भन्दै हल्का सजायको माग गरेका थिए । तर न्यायाधीशहरुले उनको सजाय घटाउन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्योटो जिल्ला अदालतमा बिहीबार प्रधानन्यायाधीश मसुदाले भने, ‘अपराध गर्दा प्रतिवादी मानसिक रूपमा पागल वा कमजोर नभएको मैले पक्का गरेको छु ।’

स्टुडियोको माथिल्लो तल्लामा आगो फैलिएपछि धेरै एनिमेसन स्टाफ, युवा कलाकारहरू मारिएका थिए । एनिमेसनको संसारमा काम गरिरहेकाहरुलाई यो घटनाले स्तब्ध पारेको थियो । अभियोजकहरूले आओबालाई मृत्युदण्डको माग गरेका थिए । उनले आफ्नो सिर्जनामा बौद्धिक चोरी भएको लागेर स्टुडियोमा आक्रमण गर्न उत्प्रेरित भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया