Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले कुटपिट गरेका छन् । शुक्रबार बिहान जाँचको क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेको हो । शुक्रबारको ड्युटी सकेर अराइभलतर्फ फर्किने क्रममा प्रहरीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असम्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेको कर्मचारीको गुनासो छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले पनि प्रहरीले कुटपिट गरेको बताएका छन्। प्रहरीले कुटपिट गरेको पाइएपछि दुवै पक्षबीच छलफल समेत गराइएको उनले बताए। सीसीटीभीमा समेत अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको बताइएको छ।

यसबारे विमानस्थलका डीआईजी अर्जुन चन्दलाई फोन गर्दा उनको नम्बर उनका सहयोगीले उठाएर चन्द मिटिङमा रहेको समुद्रपारि डट कमलाई बताए।

 

तपाईको प्रतिक्रिया