Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । सामान्य भनाभन भइरहँदा प्रहरी कर्मचारीले हमालमाथि आक्रमण गरेका हुन् ।

हातपात गर्ने त्रिवि विमानस्थल प्रहरीका कर्मचारी भए पनि नाम खुलेको छैन । अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ । विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका हुन् ।

भिजिट भिसा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ । सोही विषयमा वादविवाद भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया