Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको विवाद बल्झिएको छ । माओवादी सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको हो ।

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको हो । भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन् ।

उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ । धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए ।

आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन् । माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले खबर गर्दा पनि भट्ट बैठकमा नआएको बताएका छन् । ‘सबैलाई खबर गरेका थियौँ । उहाँहरु आउनुभएन’, उनले भने, ‘बहुमत सांसद उपस्थित भएर दल नेता परिवर्तन गर्ने निर्णय गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन् । सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विक भट्ट इतर समूहका हुन् । उता भट्टलाई भने बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवरको साथ छ । संसदीय दलको नेताबाट हटाएका विषयमा यो खबर लेख्दासम्म भट्टबाट कुनै प्रतिक्रिया आएको छैन ।

बहुमत माओवादी सांसदले संसदीय दलको नेता परिवर्तनको निर्णय गरे पनि अहिलेसम्म प्रदेश सभा सचिवालयलाई यसको जानकारी गराइएको छैन ।

तपाईको प्रतिक्रिया