Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ। सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।

ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको गणतन्त्र दिवसको नारा ‘विकसित भारत’ र ‘भारत – लोकतन्त्रको जननी’ रहेको छ। ७५औँ गणतन्त्र दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथि हुन् । उनी बिहीबार मात्रै भारत पुगेका छन् ।

 

तपाईको प्रतिक्रिया