Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ, तर मदिरा भने पिउन गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् ।

साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन । राजा अब्दुलअजिजका एक छोराले मादक पदार्थ सेवन गरी बेलायती कूटनीतिज्ञको हत्या गरेपछि सन् १९५२ यता साउदीमा मदिरामा प्रतिबन्ध लागेको थियो । मदिराको नयाँ स्टोर रियादको कूटनीतिक क्वार्टरमा शहरको केन्द्रको पश्चिममा अवस्थित हुनेछ ।

योजनाहरूसँग परिचित एक स्रोतले रोयटर्सलाई भन्यो कि पसल एकहप्ता भित्र खोल्ने अपेक्षा गरिएको थियो । यद्यपि त्यहाँ सीमितताहरू हुनेछन् । मदिरा पिउन मन लागेका दूतावासका कर्मचारीहरूले पहिले नै नाम दर्ता गर्नुपर्नेछ र सरकारबाट मदिरा पिउन अनुमति प्राप्त गर्न आवश्यक छ । यस्तै, मदिरा स्टोरमा २१ वर्षमुनिका कसैलाई पनि अनुमति दिइने छैन ।

 

तपाईको प्रतिक्रिया