Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ  – राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । ‘म व्यस्त छु । श्रमदानमा व्यस्त मान्छेले भोट हाल्न भ्याउदिनँ,’ उनले भने । राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिएको छ । बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त छन् । तर, उपमेयर सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगिसकेकी छिन् ।

बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया