Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा आन्तरिक यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन निर्माण भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फको टर्मिनल भवन सञ्चालनमा आएको छ। हिजो बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरेका हुन्। यससँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ।

अहिलेसम्म टिआइएको आन्तरिक सेवातर्फ डिपार्चर टर्मिनल मात्र थियो । विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो हुँदा यात्रुलाई ब्यागेज लिन असहज हुने गरेको थियो। यात्रुको असहजतालाई ध्यानमा राखेरै विमानस्थलमा ६ करोड रूपैयाँभन्दा बढी लागतमा नयाँ टर्मिनल बनाइएको विमानस्थल कार्यालयले जनाएको छ।

नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन्। अब प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने विमानस्थल कार्यालय प्रमुख प्रताप बाबु तिवारीले बताए।

 

तपाईको प्रतिक्रिया