Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय गायन रियालिटी शो इन्डियन आइडलबाट संसारभर चम्किरहेकी दृष्टिविहीन गायिका मेनुका पौडेलले अब केही हदसम्म आँखा देख्ने भएकी छन्। इन्डियन आइडलबाट दर्शकदेखि निर्णायकसम्मको मन जित्दै आएकी मेनुकाको इन्डयिन आइडलकै टिमले मुम्बईको एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको जाँच गराएको छ। जन्मजात दृष्टीविहीन मेनुकाको आँखाको उपचार हुने इन्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी गराइएको छ। जाँचपछि चिकित्सकले उनले पूर्णरूपमा दृष्टि पाउन नसके पनि विषेश खालको डिभाइसको मद्दतले आंशिक दृष्टि पाउन सक्ने बताएका छन्।

चिकित्सकले मेनुकाको आखाको अवस्थाअनुसार अप्टिक नर्भले काम नगरेका कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका छन्। तर, डिभाइसको मद्दतले आंशिक काम गर्ने बताएका छन्। कार्यक्रममा चिकित्सकले मेनुकाको आँखा जाँचसम्बन्धि एक भिडियो प्रस्तुत गरिएको थियो। जसमा चिकित्सकले उनी डिभाइसको मद्दतले एक्लै हिँड्न, मानिसहरूको अनुहार पहिचान गर्न र पढ्न पनि सक्ने बताएका छन्।कार्यक्रमकी निर्णायक मध्येकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले पाउलिन् र सुन्दर बिहानी देख्लिन् भनेर आफूले कुरिरहेको बताएकी थिइन्।

मेनुकाले देख्न सक्ने विषयले इन्डियन आइडलका निर्णायकदेखि दर्शकसमेतको अनुहारमा खुसी देखिएको थियो। आइतबार प्रसारित एपिसोडबाट मेनुका शोको १४औं सिजनको उत्कृष्ट १० मा पुगेकी छन्। उनले कार्यक्रममा आशा भोसलेको कजरा मोहब्बत वाला र पान खाए सैयाँ हमारे गरी दुई गीत गाएकी थिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया