Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन् । स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा विभिन्न प्रकारको विभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै जनताहरूलाई समान व्यवहार हुनुपर्ने उनको धारणा छ । उनले सबै जनताहरूले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे।

तपाईको प्रतिक्रिया