Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त भएको छ । रुसी समय अनुसार बिहान ११ बजे पश्चिमी बेल्गोरोड क्षेत्रमा दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उक्त विमानमा ६५ जना युक्रेनी कैदी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार विमानमा सवार सबै कैदीहरूको मृत्यु भएको दाबी गरिएको छ । रिया-नोवोस्ती समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त विमानमा ६५ जना युक्रेनी सैनिक सवार थिए, जसलाई यसअघि बन्धक बनाइएको थियो ।

उनीहरुलाई रुसी सैनिकको रिहाइको बदलामा सम्झौता अनुसार रिहा गरिएको थियो । यो आदानप्रदान युक्रेनको सीमामा हुन लागेको थियो । विमानमा ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट पनि थिए ।

मिडिया रिपोर्टका अनुसार विमानमा रकेट आक्रमण गरिएको बताइए पनि यसको पुष्टि भने हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया