Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो ।

२०८० वैशाखमा विकल पौडेल र असोज १५ मा पौडेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि उनीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा छानबिनमा तानिएका उनीहरूलाई अख्तियारको टोलीले बुधबार निवासबाटै नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरूको निवासबाट केही काजगजात पनि बरामद गरेको छ ।

नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल लगायतका व्यक्तिविरुद्ध २०८० असोज १५ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत र २०८० वैशाखमा विकल पौडेललगायतका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पक्राउ परेका दुवै जनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ ।

तपाईको प्रतिक्रिया