Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदालाई अन्तिमरुप दिन वार्ता टोली गठन गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त मस्यौदालाई अन्तिमरुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

उनका अनुसार जापान सरकारले ३४ अर्ब ४९ करोड जापानी येन करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएपछि वार्ता टोली गठन गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया