Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कलाकार रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् ।रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन् । रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन् । उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन् ।बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए । उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ ।सन्तान जन्माउन रेखा अमेरिका गएकी हुन् । चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन् । आगामी फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शनको तयारीमा छ ।

  • तस्वीरहरु : रेखा थापाको इन्स्टाग्रामबाट
तपाईको प्रतिक्रिया