Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानमार सेनाको एक जहाज (एयरक्राफ्ट) भारतको मिजोरममा दुर्घटनामा परेको छ । चालक दलका सदस्यसहित १४ जना सवार उक्त जहाज मंगलवार मिजोरमको लेंगपुईमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । उनीहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको मिजोरम प्रहरीले जनाएको छ ।

उक्त जहाज म्यानमार सेनाका कर्मचारीहरूलाई लिन भारत आएको थियो । लेंगपुई विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि क्षतिग्रस्त भएको हो । गत हप्ता एक जातीय विद्रोही समूहसँगको गोली हानाहानपछि मिजोरम भागेर १८४ म्यान्मारका सैनिकलाई भारतले आफ्नै देशमा फिर्ता पठाएको एक दिनपछि यो दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया