Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । यूएसजीएसका अनुसार १३ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ ।

मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्प आएका थिए । भूकम्पबाट केही मानिस घाइते हुनुका साथै कम्तिमा ४७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पबाट उरुम्की, कोरला, काशगर, यिनिङमा क्षेत्र बढी प्रभावित बनेका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

सो भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको थियो । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।

तपाईको प्रतिक्रिया