काठमाडौं – हनी ट्रयाप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ । देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय गरिएको हो ।
आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए । यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो । सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ ।
उनीहरुविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो ।