Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय चःमतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा पैसा नै जम्मा नभएको दाबी गरेका हुन् ।

सञ्चारमाध्यमले आफूलाई न्याय नगरेको उनले बताए । ‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै लामिछानेले भने, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ । व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त ?’कान्तिपुर दैनिकले सोमबार ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा शीर्षकमा समाचार लेखेको थियो । यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पत्रकार सम्मेलन गरेका हुन् ।

तपाईको प्रतिक्रिया