Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । नेप्से ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४९ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.६९ अंकमा झरेको छ । आज ३०७ कम्पनीका १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

समग्रमा बजार घटे पनि अपर साङ्गे हाइड्रो र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.४६ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३३ प्रतिशतले घाटा व्यहोरेका छन् । यसैक्रममा लगातार बढिरहेको हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य आज भने ५.१४ प्रतिशतले घटेर प्रतिकित्ता रु. ६४६ मा झरेको छ ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन हिजो आइतबार बजार २५.६३ अंकले घट्दा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया