Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – २२ जनवरी अर्थात् आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् । नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बालिने भएको छ। आज राममन्दिरको गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य गरिदैँछ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार आज १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको छ। जानकी मन्दिरमा आज साँझ दियो बालिने र विशेष आरती हुने भएकाले मन्दिरको सरसफाइ लगायतको सम्पूर्ण तयारी पूरा भएको छ। राम मन्दिरको उद्घाटनको दिन दुबै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ।

 

तपाईको प्रतिक्रिया