Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सिंहसहित ६ जना विरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको हो।

१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेकी सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

 

तपाईको प्रतिक्रिया