Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा आज (आइतबार) नागरिक अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा हेटौंडा पुगेका उनलाई अभिनन्दन गरिएको हो । राजा ज्ञानेन्द्रको स्वागतमा समर्थक तथा शुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्याली पनि निकालेका थिए ।

पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको गुम्वामा पूजा गर्न पुगेका छन् । राजा ज्ञानेन्द्रलाई वीरगञ्जमा पनि अभिनन्दन गर्ने कार्यक्रम छ । गणतन्त्र घोषणापछि उनी गद्दीविहीन बन्न पुगेका छन् ।

 

तपाईको प्रतिक्रिया