Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौं – मोटरसाइकल दुर्घटनामा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको आर१५ मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया