Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफ्रा)ले सम्बन्धित नै नरहेको समाचारमा आफ्नो उपाध्यक्षको फोटो दुरुपयोग भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । माघ ५ गते शुक्रबार विभिन्न राष्ट्रिय दैनिकहरु तथा अनलाइनहरुमा ‘हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगद सहित नरेश अग्रवाल पक्राउ’ शीर्षकमा प्रकाशित समाचारमा संघका उपाध्यक्ष नरेशकुमार अग्रवालको तस्वीर प्रयोग गरेकोमा संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘मिति २०८० माघ ५ गते विभिन्न राष्ट्रिय दैनिकहरू तथा अनलाइनहरूमा ‘हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगद सहित नरेश अग्रवाल पक्राउ’ शीर्षकमा प्रकाशित समाचारमा यस संघका उपाध्यक्ष श्री नरेश कुमार अग्रवालज्यूको तस्बिर प्रयोग गरेकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचारमा आरोपित नरेश अग्रवाल क्षेत्रपाटी स्थित कपडा व्यापारी रहेको र यस संघका उपाध्यक्ष श्री नरेश कुमार अग्रवालज्यूको यस समाचारसँग कुनै सम्बन्ध नरहेको सम्बन्धित सवैमा जानकारी गर्दछौँ । कुनै ठोस अध्ययन विना राष्ट्रिय दैनिक तथा अनलाइनहरूमा प्रचार प्रसार गरिने समाचारहरूले निर्दोष व्यक्तिको मानमर्दन हुने भएको हुँदा यस प्रकारको लापरबाहीको संघ घोर भर्त्सना गर्दछ ।’नेफ्राले प्रेस काउन्सिल नेपाललाई समेत गलत फोटो प्रयोग गरिएकोबारे जानकारी गराएको छ । पत्रमा गलत फोटा हटाउन लगाइ गल्ती गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न अनुरोध गरिएको छ ।बिहीबार राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा क्षेत्रपाटीबाट नरेश अग्रवालसहित ३ जना पक्राउ गरेको थियो । उनीहरुको साथबाट २ करोड भन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

नरेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए । उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका रहेको महानिर्देशक ढुंगानाले बताएका छन् । ‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो । जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ । अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ उनले भने ।

नाम र बस्ने ठेगाना एउटै भएपनि पक्राउ पर्ने नेफ्राका उपाध्यक्ष नरेशकुमार अग्रवाल होइनन् । तर नाम मिलेकै कारण कार्गो व्यवसायी नरेशकुमार अग्रवालको फोटो मिडियाहरूमा आएपछि उनले हैरानी ब्यहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया