Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरूले राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । युगाण्डा शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फिर्तीको क्रममा आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह गरे । ‘जहाँ पायो त्यही जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने । अझ बाटो छलेर जाने यो तरिका भएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा छ ।’

उनले मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको बताए । ‘यसका लागि हामी सबैले आफ्नो तर्फबाट गर्नुपर्छ । सरकारले मात्रै गर्ने भए सरकारले पठाएको पनि होइन,’ उनले थपे, ‘सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन । हामी सबैको साझा र लगातारको प्रयासले परिणाम निकाल्नुपर्छ ।’

आफूले भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको उनको भनाई छ । ‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया