Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन् । उनलाई शनिवार पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए । पाण्डेका अनुसार दर्जीको साथबाट ४ सय ९९ ग्राम सुन बरामद भएको छ । भन्सारमा अहिले सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी परिचालनपछि सुन बरामद भएको यो पहिलोपटक हो ।

 

तपाईको प्रतिक्रिया