Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको काम्पला पुगेका थिए। प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संक्रमणकालीन न्यायका बारेमा पनि चर्चा गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर र त्यसले नेपालसहित हिमाली मुलुकमा पारिरहेको प्रभावका बारेमा पनि चर्चा गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका छन्। दोहाबाट नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू छन्।

 

तपाईको प्रतिक्रिया