Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दार्चुलामा पनाति पाइसकेका एक दम्पतीले बुढेसकालमा धूमधामसँग बिहे भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-६ मज्जे बस्ने ८० वर्षीय राइसिंह धामी र ७० वर्षीय बिन्दु धामीले बुढेसकालमा धूमधामसँग बिहे गरेका हुन् ।

पनाति पनातिनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गरेको पारिवारिक स्रोतले जनाएको छ । छोराछोरी, नाति, पनातिहरूले उनीहरूको बिहे गराइदिएका हुन् । दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दूर पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै विधि पूरा गरेर हिजो घरभित्र सांस्कृतिक परम्परासहित बिहे गरेका बताइएको छ ।

शुक्रबार बिहे गरेका धामी दम्पतीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिनी, बुहारी, ४ पनाति र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति भगतसिंह धामीले जानकारी दिए । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

तपाईको प्रतिक्रिया