Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – ठेक्का सम्झौता भएको २२ महिनापछि बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ । १.१२६ किलोमिटर लम्बाइको सुरुङ गत सातादेखि खन्न थालिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। सुरुङ मार्गको ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो। सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

कर्पोरेसनले प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्रुरमेन्ट, कन्स्ट्रक्सन, कमिसनिङ एन्ड अपरेसन एन्ड मेन्टिनेन्स मोडलमा पाएको हो । यो निर्माण कम्पनीले निर्माण सम्पन्न गरेसँगै पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी पनि पाएको छ ।

बुटवल–तानसेन सडक खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्म सुरुङ खन्न लागिएको हो। यो सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ ।

ठेकेदार कम्पनीले सुरुङ मार्गसँगै सात सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचनासमेत तयार पार्नुपर्नेछ । अहिलेको सडकलाई दुई लेनमा बिस्तार गरिनेछ । सिद्धबाबा टनेलको दुवै पोर्टलको स्लोब स्टेबलाइजिङ कार्य र सब होरिजेन्टल कंक्रिट स्ल्याबको डिजाइन ड्रइङहरू स्विस कन्सल्ट्यान्टबाट सिफारिस भई सडक विभागबाट स्वीकृत भइसकेको छ ।

सिद्धबाबा सुरुङ मार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोडमा पाएको हो । सुरुङ मार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेका मध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ । सो खण्डमा हिउँद र बर्खा याममा समेत पहिरोको कारण बर्सेनि दर्जनौंले ज्यान गुमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया