Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गायिका शान्तिश्री परियार र सर्जक/गायक राम गगनको स्वर रहेको पञ्चेबाजा गीत ‘बाग्लुङ तमाना…’ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गीत राम गगन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

प्रेममा रहेका युवा युवतीबीच हुने रमाइला भलाकुसारी र प्रेमील वार्तालाई गीतमा उतारिएको छ । पञ्चेबाजासँग ग्रामीण परिवेशको दृश्य समेटिएको गीत धेरै दर्शक श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

गीतमा शब्द संगीत पनि गायक राम गगनकै रहेको छ । गीतको म्युजिक भिडिओमा गायक तथा मोडल वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । भिडिओको छायाकंन बुद्ध थापाले गरेका हुन् भने मौसम हिमालीको निर्देशनमा तयार भएको हो ।

तपाईको प्रतिक्रिया