Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – घुस बापत लिएको नगद रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलले सफाइ पाएका छन्।

बिशेष अदालतले उनीहरुलाई शुक्रबार सफाइ दिएको हो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग नगरप्रमुख पटेलले पाँच लाख घुस मागेको अख्तियारको दाबी थियो ।

घुस वापत २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक बुझिसकेको अवस्थामा २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। सोही मुद्दामा उनीहरुले अहिले सफाइ पाएका हुन्।

तपाईको प्रतिक्रिया