Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष घटेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छ । चीन कुनै समय विश्वको सबैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक थियो । गत वर्षदेखि भने भारतले चीनलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

नयाँ तथ्याङ्कअनुसार चीनको जनसङ्ख्या गत वर्षबाट करिब २० लाख घटेर १.४०९ अर्ब पुगेको छ जबकि भारतको जनसङ्ख्या १.४२५ अर्ब छ । गत वर्ष चीनको जनसङ्ख्या करिब ८.५ लाखले घटेको थियो । त्यस बेला चीनमा विगत ६० वर्षमा पहिलो पटक जनसङ्ख्या घटेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया