समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।