Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा आज सम्बोधन गर्दैहुनुहुन्छ । युगान्डाको राजधानी कमपालामा आज शुरुहुने ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको असंलग्न आन्दोलन नामको शिखर सम्मेलनमा प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

शनिबार सम्म चल्ने सम्मेलनमा आज सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीबार नै युगान्डा पुगिसकेको छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया