Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

आन्त्वेर्पेन बेल्जियम – विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । आन्त्वेर्पेनस्थित स्टार प्लाजामा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति भव्यताका साथ भएको हो ।विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राज भण्डारीको प्रमुख आतित्यतामा जेष्ठ नागरिक प्रमुख सल्लाहकार, राम बुढा मगर, संरक्षक लाल प्रसाद पाईजा मगर, संस्थाका संरक्षक मार्के मगर र विशेष अतिथिहरू अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी  जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर ,एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, यूकेबाट मगर समाज युके कल्चरल डाइरेक्टर सरू गुरुङ राना मगर र ओशिन राना मगरको विशेष उपस्थिति रहेको थियो ।शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तमु समाजका अध्यक्ष होम गुरुङ, तामाङ समाज प्रतिनिधि अनिता लामा, तमु धी अध्यक्ष संगिता तमुस्यो, किरात राई सोसाइटी बेल्जियमका महासचिव सबनम राई, पाशा पुचका महासचिव सूर्य नारायण श्रेष्ठ, किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, थकाली सेवा समिति अध्यक्ष सरोज गौचन, युरो कलाकार संघ अध्यक्ष बलराम पुन, व्यवसायी संघ अध्यक्ष चिरण खवास, प्रवासी मञ्च अध्यक्ष चन्द्र कुमारी (ईशा) गुरुङ, जनसम्पर्क समिति सभापति सुवास गुरुङ, जनप्रगतिशील मञ्च उपाध्यक्ष मनिस गुरुङ, राप्रपा अध्यक्ष अनिल थापा, रास्वपाका प्रकाश कार्की लगायत अतिथि थिए ।युरोपका विभिन्न देशहरू लगायत र बेल्जियममा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वैचारिक, सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा अतिथि, विशेष अतिथिहरू, सम्पूर्ण संघ संस्थाका अध्यक्ष, प्रतिनिधिहरूलाई मगरहरूको फेटा खादा र ब्याज़द्वारा  सम्मान गरिएको थियो । मगरहरूको पितृ पूजा गरी शुभ आरम्भ कार्यक्रम मगरहरूको प्रचलन धनुषवाण हानी पाहुनाहरूले मनोरञ्जन लिएका थिए ।विश्व मगर संघ बेल्जियमकी सचिव सुश्री सुशीला रोका मगरको सञ्चालनमा संस्थाका सल्लाहकार टोइना आलेद्वारा स्वागत मन्तव्य साथै प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूले आफ्नो शुभ कामना मन्तव्य दिएका थिए । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरद्वारा औपचारिक कार्यक्रम समापनसँगै दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार गायिका पान रोका मगर, तारा पुन मगर र गजीन जुग्जाली मगरद्वारा विभिन्न लोक गीत सालैजो भाकामा गीतहरूद्वारा आआफ्नो  प्रस्तुतिहरू दिएका थिए । साउण्ड सिस्टममा (डिजे) मीन पुन मगर फोटो, भिडियो , फेसबुक लाइभको लागि तेस्रो आँखा (Third Eye)का रामचन्द्र थापाले साथ दिएका हुन् ।कार्यक्रम समापन पश्चात् विभिन्न लोक दोहोरी भाकामा सालैजो गीतहरूबाट नाचगान गरी भरपुर मनोरञ्जन लिए । समय अनुकूल, कार्य व्यस्तता, विभिन्न परिस्थितिको बाबजुद पनि धेरैको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया