Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म कुनै पनि बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा नलिएका पाँच प्रहरीलाई बिदामा नबसेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार कारबाहीभन्दा पनि उनीहरूको घरायसी केही समस्याका कारण बिदा नबसेको हो कि भन्ने आशंकाले स्पष्टीकरण सोधिएको बताए । “कारबाही गर्न होइन । एक त प्रहरी कर्मचारीको बिदा नै कम हुन्छ । त्यस्तो अवस्थामा बिदाको सुविधा किन सदुपयोग नगर्नु भएको भन्ने हाम्रो आन्तरिक स्पष्टीकरणमा मात्रै हो,” डीएसपी खड्काले भने ।  प्रहरी कर्मचारी बिदामा बसेर फर्किदा कार्यसम्पादन राम्रो हुने र ‘मोनोटोनस’ पनि नहुने हुँदा बिदाको सदुपयोग होस् भन्ने संगठनको नीति नै रहेको उनको भनाइ छ ।

प्रहरी अधिकृतहरूले वर्षमा २० दिन घर बिदा र १२ दिन भैपरी बिदा पाउने गरेका छन् । खोटाङ जिल्लाभरी कुल पाँचसय भन्दा बढी प्रहरी कर्मचारी डीएसपीको कमान्डका खटिएका छन् ।

तपाईको प्रतिक्रिया