समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंमाथि फेरी हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि प्रसाई बागलुङ गएका थिए ।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।