Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

रेसुङ्गा – सरकारी कर्मचारीहरुको नाममात्रै सोधे पुग्छ, घर शायद सोध्नु पर्दैन, सबैभन्दा पहिला गुल्मी कहाँ हो नि भने पुग्छ । सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगले लिने परिक्षामा सबैभन्दा बढी उम्मेदवार पास हुने भनेको गुल्मीकै हो । त्यसैले अधिकांशको घर गुल्मी कहाँ हो नि भनेर सोधे पुग्छ ।

सरकारी क्षेत्रका हरेक विज्ञापनहरुमा गुल्मीका उम्मेदवार उत्तीर्ण नभएको नतिजा नै हुँदैन । त्यसै मेसोमा धुर्कोटकी मनिषा (बोलाइने नाम) पनि थपिएकी छिन्, त्यही पनि एउटै वर्षमा ५ स्थानबाट नाम निकालेर । मनिषाको वास्तविक नाम विष्णु घर्ती हो । उनी अध्ययनमा जति अब्बल छिनु रुपमा पनि राम्री छिन् । सानैदेखि रोगी र बिरामीहरुको सेवा गर्न रुचाउने ब्यूटिफुल मनिषाले स्कुल तहको अध्ययनपछि नर्सिङलाई नै रोजिन् ।

नर्सिङ पास गरेपछि केही समय करारमा जागिर खाएकी मनिषाले यसवर्ष भने स्थायी नै जागिर खाने मेसो गरिन् । गाउँकै स्वास्थ्य संस्थामा करारमा जागिर खाएकी मनिषालाई स्थायी नै जागिर खान मन लाग्यो । गुल्मी जिल्लाकै भएकोले होला सायद, नर्सिङ पढेर विदेश जाने लहर चलिरहेका बेला मनिषामा भने सरकारी जागिरको रस थियो, त्यो पूरा गर्न यसवर्ष खुलेका विज्ञापन दरखास्त दिएकी मनिषाले एउटै वर्ष ५ ठाउँबाट नाम निकालेर आफ्नो अब्बलतालाई पुष्टी गरिन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत् स्वास्थ्य सेवातर्फ पाँचौं तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत छिन् । -रासस

तपाईको प्रतिक्रिया