Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले सङ्खुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोसिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ । एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया