Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

मनाङ – मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैंमा पर्यटकीय स्थलझैं बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन। पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राका गाउँमा जन्मे-हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै छन् । उनी भन्छन्, ‘अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गंगापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो । अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ ।’

उनका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन् । स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गंगापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ । झन्डै नौ किलोमिटर लामो गंगापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

सो अनुसन्धान समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गंगापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । यस्तो त्रासकै बीच मनाङ ङिस्याङ गाउँपालिका भने गंगापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । ‘अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले तीन करोड पाँच लाख बजेट छुट्याएको छ,’ गंगापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका-६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन्, ‘टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्ने तयारीमा छौँ ।’

भिजिट-मनाङ अभियानका अगुवा फुर्वा लामा गंगापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गंगापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन् । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा सिङ्गर लेक (काजिनसारा ताल फेला परेको थियो ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (४९१९ मिटर) भन्दा झन्डै दुई सय मिटर अग्लो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन। मनाङ ङिस्याङ-६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार, गंगापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित राखिने योजना छ ।

उनले भने, ‘अर्को वर्ष आउँदा गंगापूर्ण ताल पहिलेको जस्तै देख्न पाउनुहुनेछ ।’ प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताहरुको सुझाव छ। मनाङमा रहेका पुराना हिमताल तथा ग्लेसियरहरु पनि पछिल्लो समय मेटिँदै गएका छन् । कतिपय ताल मैदानमा परिणत भएका छन्। जलवायु विज्ञहरुले मनाङमा अनुसन्धान गरेर तालहरु घट्दै गएका देखिएको सुझाव दिने गरेका छन् । ती सुझावहरुलाई कार्यान्वयनमा ल्याउन तीनै तहका सरकार एक भएर लाग्नुपर्ने आवश्यक छ । रासस

तपाईको प्रतिक्रिया