Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको खुलेको हो ।

नगरपालिका-६ का युवकको शव सोमबार बन्चरोले हानेको अवस्थामा घरनजिकैको कुवापानीमा फेला परेको थियो । घटनाको अनुसन्धान जारी राखेको प्रहरीले कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएको बताएको छ । प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको भनाई छ ।

उनकाअनुसार स्थानीयवासीलाई सोधपुछ गर्दा पनि युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका छन् । ‘पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने, ‘स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ ।’

गत असोज २७ गते १९ वर्षीया (६४ वीरेन्द्रनगर क ३६) लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका हुन् ।

प्रहरी स्रोतकाअनुसार बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्कीसमेत दिएका थिए । मुद्दा परेपछि उनी भागेरका थिए । भागेर भारत पुगेका उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्ने प्रहरीले बताएको छ ।

आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको पीडितले बयान दिएकी छिन् । घटनाका अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया