बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । यसअघि २ जनवरीमा पनि टोकियो विमानस्थलमा २ विमान आपसमा ठोक्किएका थिए। उक्त घटनामा ५ यात्रीको ज्यान गएको थियो। दुई सातापछि फेरि त्यस्तै घटना दोहोरिएको छ। सरकारी सञ्चार माध्यम ‘जापान ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार मंगलबार साढे ५ बजे २ विमान ठोक्किएका हुन्। घटनामा कुनै हताहती भएको छैन।

दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिकका विमान ठोक्किएका हुन्। कोरियन एयरको विमान उडान भर्ने क्रममा क्याथे प्यासिफिकको विमानसँग ठोक्किएको थियो। कोरियन एयरको विमानमा २८९ यात्री सवार थिए। क्याथे प्यासिफिकको विमानमा भने यात्री थिएनन्। घटनालगत्तै न्यू चितोस विमानस्थलमा उडान-अवतरण अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया