Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक आज बुधबार बस्दैछ। बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ ।

त्यस्तै, संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभिन्न विभागको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । बैठकले सभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ । यस्तै, पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाको पैदलयात्राको सम्बन्धमा समेत निर्णय गरिने उपसभापति अर्यालले बताए ।

त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया