Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका तीन कर्मचारीलाई निलम्बन गर्ने निर्णयलाई तत्कालका लागि उच्च अदालत पाटनले सदर गरेको छ । कीर्ते गरेको आरोपमा तीन कर्मचारीलाई मेयर बालेन शाहले निलम्बन गरेका थिए ।

त्यसविरुद्ध महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल उच्च अदालत गएका थिए । २९ पुसमा उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । महानगरपालिकाका तर्फबाट उक्त रिटमा बहस गरेका वरिष्ठ अधिवक्ता महेश नेपालका अनुसार छानबिन समितिलाई समेत चुनौती दिँदै पौडेलले अदालतमा रिट दायर गरेका थिए ।

१६ पुसमा कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तीन कर्मचारी निलम्बन भएका थिए ।मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी अहिलेसम्म निलम्बनमा छन् । प्रमुख प्रशासकीय अधिृकत बसन्त अधिकारीलाई महानगर प्रवेशमै रोक लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया