Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवार जयवीरको बिहेको तयारीमा जुटेको छ । जयवीर देउवा र नेत्री आरजु देउवाका एक्ला छोरा हुन् ।

जयविरको बिहे माघ २१ गते हुने पक्का भएकाले तयारी जोडतोडका साथ चलिरहेको स्रोतले बताएको छ । उमेरले २८ कटिसकेका जयविरले गत जेठ १ गते शिभाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए । पूर्वराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी तथा सञ्जिव भक्त श्रेष्ठकी कान्छी छोरी सिभाना सौन्दर्य सामग्रीको व्यापारमा छिन् । उनी कभर गायकसमेत हुन् ।

देउवा परिवार अहिले धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको घर भाडामा लिएर बस्दै आएको छ । बुढानीलकण्ठ निवास मर्मत भइरहेकाले गत वर्ष बालुवाटार छाडेका उनीहरु भाडाको घरमा बस्दै आएका हुन् । अहिले उनको निवास मर्मतको कार्य अन्तिम चरणमा पुगिसकेको छ । शेरबहादुर देउवाका छोरा जयविरको बिहे पनि सोही निवासमा हुने तय भएको थियो तर मर्मत नसकिए अन्त कुनै होटेलमा बिहे गर्ने योजना रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया