Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वाइड बडी जहाज बिग्रिएपछि अलपत्र परेका यात्रुका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साँझ उडान गर्ने भएको छ । सोमबार राति काठमाडौं-दोहा उडान रद्द भएपछि अलपत्र परेका २७६ यात्रुलाई मंगलबार साँझ साढे ७ बजेको उडानमा पठाउने तयारी गरिएको हो ।

यही जहाजले दोहामा अलपत्र परेका २५४ यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘सोमबार हाम्रो जहाजमा प्राविधिक समस्या आएर यतै रहनुभएका यात्रुलाई आज साँझ ७ः३० बजे दोहा पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘प्राविधिक समस्या आएको वाइडबडी जहाज अहिले मर्मत भइरहेको छ ।’

सोमबार राती उडान गर्ने समयमा जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि काठमाडौं र दोहामा ५३० यात्रु अलपत्र परेका थिए । अन्तर्राष्ट्रिय उडानका लागि एनएसीसँग ४ वटा जहाज रहेकामा २ वटा ग्राउण्डेड हुँदा नियमित उडान प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया